काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले उद्योगबाट बाँकी रहेको २२ अर्ब रुपैयाँ बक्यौता रकम उठाउनैपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्राधिकरणको बक्यौता महसुल ६ अर्ब मात्र नभएर २२ अर्ब नै उठाउनुपर्ने बताएका हुन्।
उनले ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खाेज्ने पर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो। उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।’