काठमाडौं। जलविद्युत् उत्पादक कम्पनीहरूलाई विद्युत् विकास विभागले बक्यौता रोयल्टी फरफारक गर्न ताकेता गरेको छ। विभागले ३५ दिन भित्र जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी बुझाउन निर्देशन दिएको हो।
विभागले विद्युत उत्पादकहरुलाई रोयल्टी समयमा तिरेर जिम्मेवारी बहन गर्न सचेत गराएको हाे।
विभागले २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत निर्देशन दिएको छ।