दमौली। छाब्दीवाराही मन्दिर पुनर्निर्माण गरिएको छ। व्यास नगरपालिका–१४ मा रहेको सो मन्दिरको पुनर्निर्माण गरिएको हो।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट ७० लाख लागतमा मन्दिर पुनर्निर्माण गरिएको बताइएको छ।
मँिन्दर पुनर्निर्माण गरिएपछि निकै शुन्दर देखिएको नगरपालिकाले जनाएको छ। उक्त मन्दिर दर्शन गर्न टाढा टाढाबाट भक्तजनहरु आउने गरेको बताइएको छ।
पुनर्निर्माण सम्पन्न भएपछि गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।
मन्दिर पुनर्निर्माण गरिएपछि अझै भक्तजनको संख्या बढ्नेमा विश्वास गरिएको बताइएको छ।