काठमाडौं। हावाहुरीसँगै आएको चट्याङ र पानीले विद्युत् सेवा अवरुद्ध भएको छ। गुल्मी जिल्लाको चार वटा पालिकामा विद्युत् सेवा अवरुद्ध भएको हो।
दुई दिनदेखि धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा निकै समस्या भएको स्थानीयले बताए। विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जिवन यापनमा समस्या भएको छ। मोवाईल फोन चार्ज गर्न नपाएर दुरदराजमा रहेका आफन्तसँग कुरा गर्न नपाएको उनिहरुको गुनासो छ।
हावाहुरीसँगै आएको चट्याङ र पानीले लाइनमा क्षति पुगेपछि विद्युत अवरुद्ध भएको हो। विदयुत सञ्चालनमा ल्याउनको लागि मर्मत भइरहेको बताइएको छ।