काठमाडौं। करिब ८ वर्षदेखि भक्तपुरको कमलबिनायकदेखि नगरकोटसम्म जाने सडक निर्माण कार्य अलपत्र परेको छ। विभिन्न सघ संस्थाहरुले छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिँदै आएका छन्। सडक निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले पुस ७ गतेबाट विरोधको कार्यक्रम सुरु गर्ने भएको छ। सडक निर्माणको माग राख्दै आन्दोलन गर्न लागिएको हो।
निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले समयमा काम गरेर जसरी पनि सडक निर्माण कार्य सम्पन्न गराएरै छोड्ने सार्वजानिक रुपमा प्रतिबद्धता गरेपनि काम नभएपछि आन्दोलन गर्न बाध्य भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। नगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार ‘काम गर्छु भनेर कम्पनीलाई हामीले दिएको ३० दिनको म्याद सकिएपनि बाटो निर्माण कार्य सम्पन्न हुन्छ कि भन्ने आशमा आजको मितिसम्म थियो तर काम भएन’ यसले गर्दा आन्दोलनमा उत्रिन बाध्य भएको नगरपालिकाले बताएको छ।