काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री ओलीले आज काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन्।
विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा उक्त कार ३३ हजार अमेरिकी डलरमा खरिद गरेर नेपाल ल्याएको हो। उक्त कार कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार हो।
शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले अब हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए।