काठमाडौं। ७.५ मेगावाटको नेसनल जलविद्युत् आयोजना मर्मत गर्न ३० करोड भन्दाबढी लाग्ने अनुमान गरिएको छ। असार ३१ गतेको बाढीले क्षति पुर्याएको आयोजना मर्मत गर्न ३० देखि ४० करोड लाग्ने अनुमान गरेको आयोजनाले जनाएको छ।
बाढीले ल्याएको ठुला ठुला ढुङ्गा, गेग्य्रान, माटोलगायतका वस्तु पावर हाउसभित्र पसेको छ । मेलम्ची पेट्रोल पम्पनजिकैको ट्रान्समिसन लाइनको टावरलाई समेत बाढीले क्षति पुर्याएको छ।
आयोजना एक महिना बन्द हुँदा झन्डै सवा दुई करोड नोक्सान हुनुका साथै अब मर्मत गर्न ४० करोडसम्म लाग्ने आयोजनाको भनाइ छ।
अहिले पनि सामान्य बाढी आएपनि आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना छ। तर पनि प्राविधिकहरुले जोखिम मोलेरै विद्युत् उत्पादनको काम भने गरिरहेको आयोजनाले जनाएको छ।