काठमाडौं। ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ। पीपिएमा सोमबार नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो।
एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुनेछ।
प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ लाग्ने यो आयोजनाको काम आगामी असोज २९ गतेबाट सुरु भएर २०८४ वैशाखसम्ममा सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।