काठमाडौं। काठमाडौंका विभिन्न क्षेत्रमा आज आठ घण्टा विद्युत अवरुद्ध हुने भएको छ। आज बिहान ८ बजेदेखिदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो।
केबल तान्ने कार्य गर्न लागिएको हुँदा आठ घण्टा विद्युत अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घट्टेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हो।
प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार अनामनगर पूर्वीगेट हुँदै हनुमानस्थान, सिंहदरवार दक्षिणगेट हुँदै न्युरो हस्पीटल अगाडि सम्म विद्युत अवरुद्ध हुने भएको छ।
यसैगरी प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घट्टेकुलो एरिया र गोर्खा एफएमसम्मको विद्युत् सेवा अवरुद्ध हुनेछ।