काठमाडौं। आज तीन वटा प्रदेशका केही भागमा वर्षा भइरहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका केही भागमा वर्षा भइरहेको हो।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै भाग र बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश र गण्डकी प्रदेशका थोरै भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। वर्षाको समय भएकोले सतर्कता अनपनाउन महाशाखाले अनुरोध गरेको छ।