काठमाडौं। नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु र चाँगुनारायण मन्दिरको लाइन काटेको छ। दुई दशकदेखि विद्युत महसु नतिरेको भन्दै प्राधिकरण भक्तपुर वितरण केन्द्रले मन्दिरको लाइन काटेको हो।
केन्द्रका अनुसार चाँगुनारायण मन्दिरले २०६३ सालदेखिको ३५ लाख ६९ हजार र तलेजु मन्दिरले २०६० साल देखिको २३ लाख १८ हजार रुपैयाँ विद्युत महसुल तिर्न बाँकि रहेको छ।
मन्दिरको बिजुली बक्यौता तिर्नका लागि पटक–पटक स्थानीय सरकार, स्थानीय प्रशासन र गुठीदेखि पुरातत्व विभागसम्म पहल गर्दा समेत कसैले यसको स्वामित्व लिन नमानेपछि बाध्य भएर लाइन काटेको प्राधिकरणले जनाएको छ।