काठमाडौं। सङ्खुवासभामा निर्माण हुने ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई करिब साढे एक अर्ब मुआब्जा वितरण गरिने भएको छ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रकम मुआब्जा वितरण गर्ने जानकारी दिएको हो।
आयोजनाका कारण २६८ परिवार प्रत्यक्षरूपमा प्रभावित हुने भएका छन्। एससेभीएनले प्रस्ताव गरेको तल्लो अरुणको पुनर्वास तथा पुनस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ।
कम्पनीले तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग छलफल अघि बढाएको हो।