काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो।
ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।
प्राधिकरणका अनुसार ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो।