काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०७ रुपैयाँ र बिक्री दर १३४.६७ रुपैयाँ रहेको छ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४८.१८ रुपैयाँ रबिक्री दर १४८.८४ रुपैयाँ निर्धारण भएको छ।
यता साउदी रियाल एकको खरिद दर ३५.७३ रुपैयाँ र बिक्री दर ३५.८९ रुपैयाँ निर्धारण भएको छ भने मलेसियन रिंगिट एकको खरिद दर ३०.९६ रुपैयाँ र बिक्री दर ३१.१० रुपैयाँ निर्धारण भएको छ।
राष्ट्र बैंकका अनुसार आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.५२ रुपैयाँ र बिक्री दर १७६.३० रुपैयाँ निर्धारण भएको छ।
बैंकका अनुसार आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९.३९ रुपैयाँ र बिक्री दर ८९.७१ रुपैयाँ रहेको छ।
आज जापानिज दश एनको खरिद दर ९.४६ रुपैयाँ र बिक्री दर ९.५० रहेको बैंकले जनाएको छ।