काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा १०० रुपैयाँले सुनको मुल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मुल्य भने बढेको छ। तोलामा १५ रुपैयाँले चाँदीको मुल्य बढेको हो। आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।