बझाङ। जिल्लाको जयपृथ्वी राजमार्गको जालेबगरमा खसेको पहिरोल विद्युत सेवा अवरुद्ध भएको छ। बिहीबार बिहान पाँच बजेतिर उक्त स्थानमा खसेको पहिरोले पोलमा क्षति हुँदा विद्युत सेवा अवरुद्ध भएको हो।
जालेबगरको पहिरोले तार र पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ।
विद्युत सेवा सञ्चालनमा ल्याउनको लागि मर्मतको प्रयास भइरहेको केन्द्रले जनाएको छ।