फाइल तस्बिर
काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबारको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
लगानी बोर्डको सीईओ पदमा सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए। त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो। मन्त्रीपरिषद्को बैठकले ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ।
यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले गत २७ साउनमा सीईओका लागि आवेदन माग गरेको थियो।