काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग भेटवार्ता गरेका छन्।
भारतमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटमा बिहीबार दुई मन्त्रीबीच भेटवार्ता भएको हो।
भेटमा मन्त्री पाण्डेले भारतका विभिन्न सहरबाट नेपाली सहरमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न आग्रह गरे।
भेटमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान गर्न भारतीय उड्डयन कम्पनीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएको समेत बताइएको छ।