काठमाडौं। विश्व बजारमा नेपाल विद्युत् खपतमा ११५ औँ स्थानमा रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै सरकारका पूर्वसहसचिव केशवध्वज अधिकारीले विश्व बजारमा नेपाल विद्युत् खपतमा ११५ औँ स्थानमा रहेको जानकारी दिएका हुन्।
उनले नेपालको कुल जडित क्षमता तीन हजार ६२ मेगावाट पुगेको समेत जानकारी दिए। नेपालको कुल जडित क्षमतामा नेपाल विद्युत् प्राधिकरणबाट ५७३.६ मेगावाट र थर्मल ५८ मेगावाट गरेर कुल उत्पादन ६२६ मेगावाट उत्पादन भइरहेको र निजी क्षेत्रले दुई हजार ४३६ मेगावाट उत्पादन गरिरहेको पूर्वसहिसचिव अधिकारीले बताए।