काठमाडौं। आज सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मुल्यमा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी महाशाखाका अनुसार आज सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कायमा भइरहेको छ। जुन हालसम्मकै उच्च मुल्य हो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।