काठमाडौं। ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो।
आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंकको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।
१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने छन्।
आयोजना कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुनेछ।