काठमाडौं। कपिलवस्तुमा ३३ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ। धरमनगर सोलार फार्मका र आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न प्रसारण लाइन निर्माण गर्न लागिएको छ।
प्रसारण लाइन आयोजनाको स्वीचयार्डदेखि शिवराज नगरपालिका–५ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको शिवपुर सबस्टेसनसम्म करिब ३.३ किलोमिटर लामो हुनेछ। प्रसारण लाइन निर्माणका लागि प्रवर्द्धक कम्पनी पशुपती रिन्यूएबल्स लिमिटेडले निर्माण अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ।
प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने सोमबार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन सरोकारवाला समक्ष विभागले सूचित गरेको छ ।