काठमाण्डौं। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएको छ। सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए। सडक बिस्तारको काम अगाडि बढने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ।
चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा सङ्गठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दवाब दिन भन्दै आजदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए। समितिका अध्यक्ष कमल गौतमका अनुसार सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेकाले धर्नाको कार्यक्रम स्थगन गरिएको छ।
समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो। अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको उनले जानकारी दिए।