काठमाडौं। ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। ताप्लेजुङमा निर्माणाधीन आयोजनाको ४ हजार ८०१.२७ मिटर लामो मुख्य सुरुङ निर्माणको काम सोमबार सम्पन्न भएको हो।
निर्माण कार्य सुरु भएको दुई वर्षमा सुरुङ छेड्ने काम सकिएको आयोजनाले जनाएको छ। आयोजनाको ब्लाष्टिङ पड्काउनुपर्नेजस्ता पूर्वाधार तर्फका काम करिब सम्पन्न भएको छ भने अहिले सर्किट सहितका कामहरू भइरहेका छन्।
आयोजनाबाट २०८१ सालभित्रै विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ।