सुनसरी। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा आजदेखि विद्युतीय सिटी बस सेवा सुरु भएको छ। उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले आज चार वटा विद्युतीय सिटी बस सञ्चालनका लागि शुभारम्भ गरेका हुन्।
विद्युतीय सिटीबसमा उपमहानगरपालिका भित्र सहुलियतमा यात्रु चढाउनले उपमहानगरले जनाएको छ।बिहान ७ देखि ११ र दिउँसो २ देखि साँझ ७ बजेसम्म बस सञ्चालन गरिने र बस चढेबापत २० रुपैयाँ भाडा लिइने छ।
नगरकै ग्रामीण भेगका सर्वसाधारणलाई सहरसम्म जोड्ने उद्देश्य राखेर विद्युतीय बस सेवा सुरु गरेको उमहानगरले जनाएको छ।