काठमाडौं। ताप्लेजुङस्थित मेवाखोलाबाट उत्पादन गर्न लागिएको ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाबा यहि वर्ष विद्युत उत्पादन गर्नेगरी काम भइरहेको छ। २०८१ सालभित्रै विद्युत उत्पादन गर्नेगरी निर्माणको काम भइरहेको आयोजनाले जनाएको हो।
आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ। कुल चार हजार ८०१.२७ मिटर लामो मुख्य सुरुङ निर्माणको काम गत सोमबार ब्रेक थ्रु भएको हो। आयोजनामा ब्लाष्टिङ पड्काउनुपर्ने जस्ता पूर्वाधार तर्फका काम समेत सम्पन्न भइसकेका छन्। अहिले सर्किट सहितका कामहरू तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार यस आयोजनाबाट उत्पादन हुने विद्युत ढुङ्गेसाँघुमा रहेको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।