काठमाडौं। हेटौंडा उपमहानगरपालिका १८ को अख्लेखेत–राजदेवी सडक अन्तर्गगतको मझूवा–दोभानचौर सडक खण्ड स्तरोन्नति हुने भएको छ। बागमती प्रदेश अन्तर्गतको हेटौंडा उपमहानगरपालिकाले सो सडक स्तरोन्नती गर्न लागेको हो। सो क्षेत्रको सडकमा जथाभावी खाल्टो पर्नाले स्थानीय र सवारी चाललकले वर्षौदेखि सास्ती झेल्दै आएका छन्।
हेटौंडा उपनगर पालिकाको कार्यलयले सो सडक स्तरोन्नती गर्नको लागि भदौ २५ मा नै बोलपत्र आह्वान गरेको थियो। सोही अनुरुप समयसिमाभित्र दर्ता भएका बोलपत्रहरुमध्येबाट मुल्याङकन छनोट गरीएको एम/एस स्वच्छन्द निर्माण सेवा प्रा.लिसँग ठेक्का सम्झौताको चरणमा रहेको छ। सो सडक १ करोड ८१ लाख बढी लागतामा स्तरोन्नती गरिने योजना रहेको छ। उक्त सडक निर्धारित समयभित्र नै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने उपमहानगरपालिकाले जनाएको छ। सो सडक स्तरोन्नती भएपछि स्थानीय र सवारी चालकहरुलाई सहज हुने देखिएको छ।
यसैगरी हेटौंडा उपमहानगरपालिका १७ अन्तर्गतको कठायत चोकदेखि बालबोध माध्यमिक विद्यालयसम्मको सडक पनि स्तरोन्नति गरिने भएको छ। सो क्षेत्रको सडक पनि व्यवस्थित नहुँदा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन्। विद्यालय परिसरमा रहेको सडक स्तरोन्नती नहुँदा विधाथीहरुलाई पनि विद्यालय जान सकस भएको छ।
हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सो सडकमा यात्रा गर्न कठिन हुँदै आएको छ। जसले गर्दा सडक दुर्घनालाई पनि निम्त्याउने गरेको छ। साँघुरो, धुलो, हिलो भएको सडकलाई स्तरोन्नती गरेर फराक साथै कालोपत्रे पनि गरिने भएको छ। सो सडक निर्मााणको जिम्मा पनि एम/एस स्वच्छन्द निर्माण सेवा प्रा.लिले नै पाएको छ। उक्त सडक पनि ठेक्का सम्झौताको चरणमा रहेको छ। करिब १ करोड ७५ लाख बढी लागतमा सो सडक स्तरोन्नती हुने भएको छ। सडक स्तरोन्नतीको जिम्मा पाएका निर्माण कम्पनीले निर्धारित समयमा नै निर्माण सक्ने उपमहानगरको विश्वास रहेको छ।