काठमाडौं। २२० केभी क्षमताको उदिपुर सबस्टेसनको निर्माण पूरा भइ उपकरणको परीक्षण समेत सफल भएको छ। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङ बेंसीसहर नगरपालिकाको उदिपुरमा निर्माण भएको सबस्टेसनको पावर ट्रान्सफर्मर लगायत उपकरणको परीक्षण सफल भएको हो।
जीआईएस प्रविधिमा आधारित उदिपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्।
लमजुङ दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन अब यही सबस्टेसनमा जोडिने छ ।
उदिपुर सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत् र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युत् उदिपुर सबस्टेसनलाई बाइपास गरी मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिएको थियो।