काठमाडौं। आज खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रअन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द गरिने भएको हो।
उक्त सबस्टेसनमार्फत वितरीत शुक्लागण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे, बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणको लेखनाथ वितरण केन्द्रले जनाएको छ।