काठमाडौं। तल्लो सेती जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट विद्युत वार्षिक रुपमा नेपाल विद्युत प्राधिकरणले किन्ने भएको छ।
आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट (५२४ गिगावाट घण्टा) वार्षिक ऊर्जा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सहमति भएको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको हाे।
तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ।
तल्लो सेती जलविद्युत् आयोजनाको अहिले पहुँच मार्ग, अडिट सुरुङलगायत इन्जिनियरिङ सर्भेको काम भइरहेको छ।
आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक ‘अडिट’ सुरुङ निर्माण गर्न लागिएको छ । आयोजना सुरु गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन्
तल्लो सेती जलविद्युत् आयोजनामा लागत २५ अर्ब अनुमान गरिएको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले लगानीका लागि चासो दिएका छन्।