काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनाको निरीक्षण गरेका छन्। उनले हिजो (आईतबार) उक्त सिंचाई आयोजनाको निरीक्षण गरेका हुन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा रहेको उक्त सिंचाई आयोजनाको निरीक्षण गर्दै खड्काले सिँचाइ आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्। उनले सरोकार भएका निकायलाई निर्देशन दिएका हुन्।