काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेज्रिङ पद्धती’को अनुगमन गरेका छन्। उनले कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धती’को अनुगमन गरेका हुन्।
उक्त ‘डेज्रिङ पद्धती’को अनुगमन गर्दै उनले बिग्रेका उपकरणको मर्मत गरेर नयाँ प्रविधि सञ्चालनमा ल्याउन सकिएमा सिँचाइको विकास तिबै गतिमा हुने र सबै कृषकहरुलाई सहज हुने बताए।
‘डेज्रिङ पद्धती’ उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ।