काठमाडाैं। राहुघाट जलविद्युत् आयोजनाको काम चालु आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेकाे छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले चालु आर्थिक वर्षमा राहुघाट जलविद्युत् आयोजनाको सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिएपछि साेही अनुसार काम भइरहेकाे हाे।
विभिन्न समस्याहरु झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने निर्देशक घिसिङले बताएका थिए। कार्यकारी निर्देशक घिसिङले बिहीबार आयोजना निर्माणस्थलको अनुगमन गरी निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्दै असारभित्र सम्पन्न हुने गरी एक हप्ताभित्र निर्माण समयतालिका टुङ्गो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोही बमोजिम कार्य अगाडि बढाउन निर्देशन दिएका छन्।
कंक्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थप गरी निर्माणलाई तिब्रता दिन समेत उनले आग्रह गरे।