काठमाडौं। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विभिन्न बाहानामा विद्युत आपूर्तिमा समस्या पार्न नहुने बताएका छन्। प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधीमाता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापनबारे जनकपुरधाममा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख साहले ट्रान्सफरमर जडान गरेर भएपनि विद्युतको समस्या समाधान गर्नुपर्ने बताएका हुन्।
उनले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुख दिन नपाइने बताए ।
उनले ढल्केबर जनकपुरधाम मेनलाइनको ट्रान्सफर बिग्रेको भन्दै महिनादिन अघिदेखि नै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरधामले चरम लापरबाही गर्दै आएको आरोप लगाए। चाडपर्व अघि नै विद्युतको समस्या के के हो सबै समाधान गर्न समेत उनले आग्रह गरेका छन्।