तनहुँ। १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैंकमा बुझाइएको छ।
तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँमा निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए माथि प्राप्त सुझाव विद्युत विकास र एडिबीमा बुझाइएको हो।
तनहुँ हाइड्रोपावर लिमिटेडका अनुसार आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को १ प्रक्रियाका रुपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुंगो समेत लागिसकेको छ।
आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट वार्षिक ऊर्जा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सहमति समेत भइसकेको छ।