तनहुँ। तनहुँको बन्दीपुर केवलकार आजबाट सञ्चालनमा आउने भएको छ। मर्मत गर्नको लागि बन्द रहेको केवलकार आजबाट सञ्चालनमा आउने भएको हो।
गत २४ गतेदेखि १५ दिनको लागि केबलकार बन्द भएको थियो। मर्मत सम्भार गरेर सेवालाइ अझै सुरक्षित बनाउनु पर्ने भएकोले बन्द गरिएको बताइएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले गत जेठ ३१ गतेबाट व्यवसायिक रुपमा बन्दीपुर केवलकार सञ्चालन गरेको थियो।