काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको निरीक्षण गरेका छन्। मन्त्री खड्काले सबस्टेशन तथा प्रसारण लाइनको आज स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा बेहोर्नुपरेको भन्दै प्रसारण लाइन विस्तारका समस्या समाधान गरेर चाँडो काम पूरा गर्न निर्देशन दिए।
उक्त सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ।