काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको भुक्तानी उपलब्ध गराइदिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधवार कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाउँदै निर्माण व्यवसायीहरूको भुक्तानी हुन बाँकी रकम तत्काल उपलब्ध गराइदिन ध्यानाकर्षण गराएको हो।
महासंघ प्रतिनिधिमण्डले निर्माण उद्योगका अन्य समसामयिक समस्या बारे पनि कार्यवाहक प्रधानमन्त्रीलाई अवगत गराएको छ।
जवाफमा कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण उद्योगको समस्या समाधान गर्न ऐन तथा नियमावली संशोधनमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।