काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल र भुटानबीच पर्यापर्यटन, जलविद्युतलगायतका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन्। मन्त्रालयमा भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङसँग भएको भेटवार्तामा मन्त्री ठकुरीले नेपाल र भुटानले पर्यापर्यटन, जलविद्युत्, पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रै सहकार्यको सम्भावना रहेको बताएका हुन्।
उनले भुटानले पछिल्लो समय जलविद्युत्, ऊर्जा, प्राकृतिक स्रोेत संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकामा भुटानको प्रशंसासमेत गरे।
भेटमा भुटानका मन्त्री छिरिङले नेपाल र भुटान जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएकाले जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझा मुद्दासहित प्रस्तुत हुनुपर्ने बताए।