काठमाडौं। रु रु जलविद्युत् परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनी मार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको हो।
कम्पनीले अन्य जलविद्युत् कम्पनीहरूको शेयरमा लगानी गर्ने निति रहे अनुरुप सुम्निमा हाइड्रो पावर कम्पनीमार्फत दुई वटा आयोजना निर्माण गर्नका लागि सुम्निमा हाइड्रोमा ५१ प्रतिशत शेयर लगानी गर्ने भएको छ।
कम्पनीले सुम्निमा हाइड्रो पावरद्वारा प्रर्वद्धित ४.९ मेगावाटको अपर पिखुवा खोला जलविद्युत आयोजना र ४.२ मेगावाटको पिखुवा पशुपति जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो।