काठमाडौं। इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको छ। सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनामा बाढी पसेर बन्द भएको हो।
मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ।