काठमाडौं। १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनको काम अन्तिम चरणमा पुगेको छ। मध्यमोटेकोशी जलविद्युत आयोजनाबाट एक महिलाभित्र विद्युत उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेको हो।
बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको आयोजनाको परीक्षणका क्रममा मुख्य शुरूङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधारको काम समेत सम्पन्न गरिएको छ । अहिले शुरूङ सफा थालिएको छ भने १५ दिनपछि शुरूङमा पानी भर्न सुरु गर्ने आयोजनाले जनाएको छ।
आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ। २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने आयोजनाले जनाएको छ।