सोलुखुम्बु। जिल्लाको सोलु दुधकोसी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। ८६ मेगावाट क्षमताको आयोजनाबाट उल्पादन बन्द भएको हो।
लगातार आएको वर्षाले बाँधस्थलमा क्षति पुर्याउँदा उल्पादन ठप्प भएको आयोजनाले जनाएको छ।
तिंलाको भदौरेमा रहेको बाँधस्थलमा रुख रुख ढलेर लेदो पसेपछि आयोजना शनिबारदेखि नै ठप्प भएको कम्पनीले जनाएको छ।
रुख र लेदो पन्छाउने काम भइरहेको बताइएको छ। उक्त आयोजनाको विद्युत् लाम्मानेस्थित १३२ केभि सोलु करिडोरमा जोडिएको छ। आयोजना ठप्प भएपछि स्थानीय समस्यमा परेका छन्।
सहस उर्जा लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-११-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो।