संखुवासभा। लगातारको वर्षासँगै अवरुद्ध भएको सञ्चार र विद्युत सेवा सञ्चालनमा आएको छ। एक सातादेखि मकालु र भोटखोला गाउँपालिकामा अवरुद्ध सञ्चार र विद्युत सेवा आइतबारदेखि सञ्चालनमा आएको हो।
विकट क्षेत्र मानियका दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएपछि सञ्चार सेवा पनि अवरुद्ध बनेको थियो। विद्युत् र सञ्चार दुबै सेवा अवरुद्ध हुँदा निकै समस्या भएको स्थानीयले गुनासो गरे।
निरन्तर वर्षाको कारण मर्मत गर्न ढिला भएको बताइएको छ। आईतबारबाट विद्युत र सञ्चार सेवा सञ्चालनमा आएपछि खुशी भएको स्थानीयले बताए।