काठमाडौं। शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका २६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले २६ वटा आयोजनामा क्षति भएको जानकारी दिएका हुन्।
उर्जामन्त्री खड्काले हालसम्म प्राप्त विवरण अनुसार जलविद्युत आयोजनामा मात्र दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए।
कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।
मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनः निर्माणका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।