फाइल तस्बिर
काठमाडौं। बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुगेको छ। इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ५१ र ५२ नम्बर टावर पूर्ण रूपमा क्षति भएको र दुईवटा टावर ढलेका हुन्।
नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको विवरण लिएको छ। प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ।
काठमाडौँबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्वे टोली आज फिल्डमा पुग्ने र अवलोकन गरी प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताइएको छ।