काठमाडौं। रोशी खोलामा आएको बाढी र पहिरोले पनौती जलविद्युत आयोजनामा क्षति पुगेको छ। पहिरोका कारण आयोजनाको विद्युत उत्पादन गृहदेखि मुहानसम्म क्षति पुगेको हो।
आयोजनाको मुहान रहेको क्षेत्रमा रोशी खोलाले धार बदलेर क्षति पुर्याएको छ भने आयोजनाको विद्युत उत्पादन केन्द्र खोपासीको केन्द्रको भवन रहेको दुवैतर्फबाट पहिरो गएको आयोजनाले जनाएको छ।
विद्युत उत्पादन गृह नजिकैबाट बग्ने सलाँदुखोलामा आएको बाढीका कारण गृहको भवनभित्रै पहिरो तथा पानी पसेको छ। पानीका कारण आयोजनाको उपकरणहरुमा क्षति पुगेको छ ।
बाढी र पहिरोका कारण आयोजनाको सम्पूर्ण क्षेत्रमा क्षति पुगेपछि आयोजनाबाट उत्पादन रोकिएको छ।