काठमाडौं। कोशी प्रदेशको लगानी सम्मेलन आगामी माघमा हुने भएको छ। लगानीको वातावरण सिर्जना गर्न र औद्योगिक वातावरण रहेको सन्देश प्रवाह गर्न सम्मेलन गर्न कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि १३ गतेसम्म लगानी सम्मेलन गर्ने भएको हो।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।
सरकारले निजी क्षेत्रका सहकार्य र समन्वयमा सम्मेलन गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो । सोहीअनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।