काठमाडौं। दार्चुला र बैतडीमा अवरुद्ध विद्युत सेवा सञ्चालनमा आएको छ। दार्चुलाको गोकुलेश्वर क्षेत्रमा विद्युत प्रशारण लाइनको तार चुडिँदा अवरुद्ध भएको विद्युत सेवा सञ्चालनमा आएको हो।
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर क्षेत्रमा प्रशारण लाइनको तार चुँडिएर बैतडी र दार्चुला जाने ३३ केभी लाइनमाथि पर्दा दुवै जिल्लामा १७ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको थियो।
अत्तरिया ग्रीडको विशेष प्राविधिक टोलीले प्रसारण लाइन मर्मत गरेपछि अवरुद्ध विद्युत सेवा सञ्चालनमा आएको हो ।