इलाम। जिल्लामा तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा निकै समस्या भएको छ। निरन्तर वर्षासँगै आएको बाढीले महमाईमा १३२ केभी प्रसारण लाइनमा क्षति भएपछि विद्युत अवरुद्ध भएको हो।
ठूलो क्षती भएको कारण अझै बत्ती आउने टुङ्गो नभएको स्थानीयले बताए। विद्युत अवरुद्ध हुँदा कुनै पनि सञ्चारका माध्यमहरु प्रयोग गर्न नपाएको दुरदराजमा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनिहरुको गुनासो छ।